देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि यहीँ आउलान् : सांसद गिरी

देउवा आउनासाथ गच्छदार छुटे, अब अफताब आलम पनि यहीँ आउलान् : सांसद गिरी

१२ साउन, काठमाडौँ ।
नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे ।

उनले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन ? जनता चिन्तित छन् ।’

शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिशोधको भावनाले अघि बढ्ने संकेत देखिएको भन्दै सांसद गिरीले वृद्धभत्ता समेत कटाउने चिन्ता गाउँ–गाउँमा जेष्ठ नागरिकहरूले गर्न थालेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.