माधव नेपाललाई गंगा चौधरीको प्रश्न : फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?

माधव नेपाललाई गंगा चौधरीको प्रश्न : फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?

१२ साउन, काठमाडौँ ।
नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन् । ‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ? उनले भनिन् ।

उनले सो घटना उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् । उनले भनिन्, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो । नारदमुनी रानाकोमात्र सवाल होइन,बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’

साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.