निर्मला पन्तको फाइल खोल्न राष्ट्रिय सभा सदस्यको माग

निर्मला पन्तको फाइल खोल्न राष्ट्रिय सभा सदस्यको माग

१२ साउन, काठमाडौँ ।
राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले निर्मला पन्तको न्यायका लागि अनुसन्धानका फाइलहरु तत्काल खोल्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलवारको राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै थापाले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भीआईपीहरुको सुरक्षा व्यवस्थाको कुराले बजार तातेको भन्दै उनले मान्छेको मापदण्ड नभइ कानून हेरेर काम गर्न सुझाए । कोरोनाले थलिएको सार्वजनिक यातायात क्षेत्रका व्यापारी, व्यवसायी तथा मजदुरहरुको समस्याहरुको सम्बोधन गर्न पनि उनले सुझाए ।

संघीयता कार्यान्वयन गर्न आवश्यक पर्ने कानून, संविधानको अनुसूची बमोजिमका कानूनहरु र प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून आगामी आम निर्वाचन भन्दा अगावै गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.