अमिक शेरचनलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

अमिक शेरचनलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

१२ साउन, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

सत्तारुढ दलहरुबीचको प्रदेश प्रमुख फेर्न सहमती जुटेपछि माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको हो । शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् । शेरचनको ठाउँमा एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

शेरचन मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्त हुने जनाइएको छ । भागबन्डाअनुसार प्रदेश २ को प्रदेश प्रमुखमा जनता समाजवादी (जसपा) लुम्बिनी प्रदेशमा कांग्रेसलाई परेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.