बाबुरामको हिन्दु विरोधी अभिव्यक्ति संसदमा उठ्यो

बाबुरामको हिन्दु विरोधी अभिव्यक्ति संसदमा उठ्यो

१२ साउन, काठमाडौँ ।

प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक राजनीतिको सम्बन्धमा आफ्नो धारणा राखेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक राजनीतिक तथा विभिन्न विषयमा आफ्नो धारणा राखेका हुन् ।

बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि ट्वीटरमार्फत् हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे । उनले आगामी दिनमा यस्तो टिप्पणी नआओस् भन्ने माग पनि गरे ।

उनले भने– ‘हामी सबै धर्मलाई इज्जत गर्ने, र सबै धर्मलाई उत्तिकै सम्मान हुने हाम्रो धारणा हो । त्यही पनि वहाँजस्तो सिनीयर व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिईसकेपछि पुरै नेपालमा खास गरेर हिन्दू धर्मावलम्बीहरु एकदमै आक्रोशित छन् । यस्तो किसिमको टिकाटिप्पणी नआओस् । आइन्दा समयमा म जोडदार माग गर्न चाहान्छु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.