विराटनगर,असार २०
इलाका प्रहरी कार्यलय रंगेलीले गैर कानुनी रुपमा भन्सार छलेर भारत बाट नेपाल तर्फ ल्याएका सामान बरामद गरेको छ । प्रहरीले करिब एक लाख ५० हजार बराबरका मालसमान बरामद गरि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीको गस्ती टोलीले बिहानको समयमा साईकलमा राखि रंगेली तर्फ ल्याउदै गरेको अवस्थामा मोरङ्गको डाईनिया,रंगेलीबाट सो सामान वरामद गरेको हो ।
बरामद गरिएको सामान प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाउने ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए।