प्रदेश १ को नामाकरणका लागि मुख्यमन्त्रीले थाले छलफल

प्रदेश १ को नामाकरणका लागि मुख्यमन्त्रीले थाले छलफल

१२ साउन, विराटनगर ।
प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भईसक्दा पनि प्रदेश नं १ को नामाकरण हुन नसकिरहेको बेला मुख्यमन्त्री शेरधन राईले नामाकरणका लागि छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन् ।

चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थालेका हुन् । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका हुन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.