अमलेखगन्ज बजारबाट हात्तीको दाह्रासहित तीन जना पक्राउ

अमलेखगन्ज बजारबाट हात्तीको दाह्रासहित तीन जना पक्राउ

१२ साउन, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट हात्तीको दाह्रासहित तीन जना पक्राउ परेका छन् ।

हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२ २७ नम्बरको मोटरसाइकललाई विशेष सूचनाको अधारमा अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई रहेको अवस्था उक्त दाह्रा फेला पारेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–११ बस्ने बर्ष २९ का सूर्य प्रताप तामाङ, सोही ठाउँ बस्ने बर्ष ३२ का दिल बहादुर घलान र हेटौडा उपमहानगरपालिका –१३ बस्ने बर्ष २० का सुवास लो रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.