१३ साउन, काठमाडौं ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलहरूका शीर्ष नेताहरूको बैठकले मन्त्रिपरिषद् बाँडफाडको जिम्मा शीर्ष नेतालाई दिएको छ ।
बालुवाटारमा आज बिहान बसेको बैठकमा सरकारलाई छिटो पूर्णता दिनुपर्ने र मन्त्रालयको टुङ्गो सम्बन्धित दलका शीर्ष नेताहरूले लगाउनेमा सहमति भएको नेपाली काँग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले बताए ।
सत्तासाझेदार दलहरू नेपाली कांग्रेस , नेकपा माओवादी ,जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागी भएका थिए ।