कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

१३ साउन, काठमाडौं ।
कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोडका सदस्य सचिव दुर्गा अर्यालले यस्तो बताएका हुन् । उनले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।’

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने तयारी भएपनि १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको उनले बताए ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.