गुल्मीको मुसिकोटमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

गुल्मीको मुसिकोटमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

१३ साउन, काठमाडौं ।
गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको लु १ ज– ४५६५ नम्बरको जिप आज बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको उनले जानकारी दिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको एसपी भट्टराईले बताए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.