१३ साउन, काठमाडौं ।
नेकपा (एमाले) नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको तस्तै पारित गरे राष्ट्रघाती हुने टिप्पणी गरेका छन् । उनले बुधबार ट्वीट गर्दै देशलाई अहित गर्ने एमसीसीका प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने टिप्पणी गरेका हुन् ।
‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’ यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ ।
नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।
— Bhim Rawal, PhD (@BhimRawal179) July 28, 2021