गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

१३ साउन, काठमाडौं ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा गुरुङ र शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.