जसपा पनि सरकारमा, मन्त्रीको टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई

जसपा पनि सरकारमा, मन्त्रीको टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई

१४ साउन, काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)को बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी पार्टीका ३ जना शीर्ष नेतालाई दिएको छ ।

ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको जसपाका नेता मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।

बैठकले मन्त्री छनौट गर्दा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्ड समेत बनाएको नेता यादवले बताए । कार्यकारिणी समितिको अर्को बैठक आज बिहान ११ बजे पुनः बस्ने र पार्टी सङ्गठनका विभिन्न विषयमा छलफल हुने जसपाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.