राउण्ड टेवलद्वारा विद्यालय भवन हस्तान्तरण

राउण्ड टेवलद्वारा विद्यालय भवन हस्तान्तरण

१४ साउन,विराटनगर ।
मोरङको रंगेलीमा राउण्ड टेवल नेपाल र विराटनगर सेन्ट्रल राउण्ड टेबल –१५ को सहयोगमा निर्माण भएको श्री महर्षी मेही प्राथमिक विद्यालयको पहिलो तल्लाको उद्घाटन गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा राउण्ड टेवल अन्तराष्ट्रियका अध्यक्ष टे. डिके सिंह तथा राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष टे. सौरभ केडियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमको अवसरमा राउण्ड टेवलले विद्यालयको वातावरण स्वच्छ, सफा अनि हरियालीपूर्ण होस् भन्ने उद्देश्यले विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएकोे विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले जनाएको छ । उक्त संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.