जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा

जसपाका ३ सांसद निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा

१४ साउन, काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको छ । जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासित गरेको गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन् ।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको संसद् सचिवालयमा बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाले निष्कासन गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.