सांसद पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी नेताले दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा

सांसद पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी नेताले दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा

१४ साउन, काठमाडौँ ।
सांसद् पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताहरुले दायर गरेको मुद्दा हेर्न नभ्याइने भएको छ । बिहीबार चारवटै रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको थियो । ती रिट निवेदनमाथि सुनुवाइका लागि हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।
उनीहरुले आफूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको दावीसमेत उनीहरूको छ ।

माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जनाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.