एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माणको शिलान्यास

एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माणको शिलान्यास

१५ साउन, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार बागमती प्रदेश र प्रदेश नं २ को सिमानामा रहेको ऐतिहासिक चुरियामाई सुरुङ्गमार्ग पुनर्निर्माणको शिलान्यास गरेका छन् ।

१०४ वर्ष लामो इतिहास रहेको सो सुरुङ्गमार्गको इतिहास जोगाउनु र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुनर्निर्माण गर्न लागेको बताउँदै मुख्यमन्त्री पौडेलले सो क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गरिने बताए

पौडेलले सुरुङमार्ग निर्माण पछि यसले दुई प्रदेशको बीचमा पुलको रुपमा काम गर्ने बताए साथै शिलान्यासभन्दा सम्पन्नताले महत्व राख्ने भएकोले आउँदो नववर्षमा हिँड्न पाउने गरी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले सरकार सम्पदा संरक्षण गर्न सदैव तयार रहेको र निर्माण काममा पनि सरकारले वातावरण बनाउने भएकोले निर्माण कम्पनीले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

मन्त्री फुयालले सुरुङ्ग निर्माणमा प्रदेश २ सरकारको पनि सहकार्य हुने विश्वास व्यक्त गरेका छन्। १९८ मिटर लम्बाई ,२.५ मिटर चौडाई र ३ मिटर उचाइ रहेको सो सुरुङ्गको मर्मत कार्य २०७९ वैशाख १९ सम्म सम्पन्न गर्ने गरी बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय र माउन्टेन इन्फ्रा कम्पनीबीच सम्झौता भएको छ। पुरानो संरचना नबिग्रने गरि पुनर्निर्माण गर्न लागिएको सो सुरुङ्गमार्गमा पुरातात्विक विभागको पनि समन्वय रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.