उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर पुगे सर्वोच्च

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर पुगे सर्वोच्च

१५ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ठाकुरले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा उनले यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको ११ साउनको निर्णय बदर गर्न माग गरेका छन् ।

आयोगले ११ साउनमा जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो ।

ठाकुरले आयोगको निर्णयले आफूहरु अन्यायमा परेको भन्दै रिटमा १ असार २०७८ मा आफूले हेरेफेर गरेको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने र त्यसका आधारमा पार्टीको आधिकारिकता निरुपण गर्नुपर्ने माग समेत गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.