कर्णालीमा जीप खस्याे : दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते

१५ साउन, धनगढी ।
कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट नम्बर नखुलेको जीप ब्याक गर्ने क्रममा सडकबाट तीन समय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता भएका छन् ।

दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.