१५ साउन, काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य दिल कुमारीले पूर्व मन्त्री प्रभू साहले सिंगो नेपाली महिलामाथि अपमान गरेको बताएकी छिन् । शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको बताइन् । उनले समाजको आधुनिकतावादमा प्रभू साहले लुटको खेती गरिरहेको आरोप लगाइन् ।
उनले भनिन्, “पूर्व मन्त्री प्रभू साहजीले सिंगो नेपाली महिलामाथि अपमान गर्नुभएको छ, महिलाको सभ्यतामाथि आक्रमण गर्नुभएको छ, चरित्र हत्या गरिएको छ, पूर्व मन्त्री प्रभू साहको अश्लिल हर्कतको बारेमा केही कुरा भन्छु, पूर्व मन्त्री प्रभू साह विगत २ वर्षदेखि मदानी मेला लगाउँदै हुनुहुन्छ, के समाजवादमा पुग्ने यही बाटो हो ? उहाँले समाजको आधुनिकतावादमा लुटको खेती गर्दै हुनुहुन्छ ।”