झापामा शनिवारदेखि एक साता लकडाउन

झापामा शनिवारदेखि एक साता लकडाउन

१५ साउन, झापा ।

जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले सिल गर्ने सहमति गरेको हो । कोरोना संक्रमण बढेपिछ रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय सरकारले धमाधम पालिका सिल गर्न थालेका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले लकडाउनका सन्दर्भमा १३ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.