होटलमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

होटलमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

१७ साउन, झापा ।
झापा दमक नगरपालिका–८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दमक–७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० बर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० बर्षीय भिम सुब्बा रहेका छन् ।

शनिबार बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.