सरकारको न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने तयारी

सरकारको न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने तयारी

१७ साउन, काठमाडौं ।
सरकारको न्यूनतम साझा कार्यक्रमले सोमबार अन्तिम रुप पाउने भएको छ। सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन लागेको हो ।

यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनेको छ। भोली बस्ने कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिने छ। कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ।

पूर्ववर्ति केपी शर्मा ओली नेतृत्व सरकारले विधि मिचेर गरेका नियुक्ति उल्टाउन कार्यदलले सिफारिस गर्ने भएको छ।
‘संविधानतः प्रक्रिया पूरा गरेर भएका नियुक्ति बदर हुने कुरा हुँदैन। संविधान मिचेर वा अदालतले नियुक्त नगर भन्दाभन्दै भएका नियुक्ति खारेज गर्न कार्यदलले सुझाव दिन्छ’, ती सदस्यले भने।

कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.