१७ साउन, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
बैठकले ३० गतेदेखि केन्द्रीय कमिटी बैठक शुरु गर्ने निर्णय पनि गरेको छ । सोहीअनुसार साउन ३० भित्र देशभरका पार्टी वडा कमिटीलाई अद्यावधिक गर्न निर्देशन दिने पनि निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।
स्थायी कमिटीको बैठक भोली ३ बजे पुनः बस्ने उनले जानकारी दिए । भोलीको बैठकले मन्त्रीपरिषद विस्तारका लागि पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने निर्णय भएको पनि उनले बताए ।
त्यस्तै, दार्चुलामा भएको तुइन घटनाको विषयमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन पनि माओवादी केन्द्रले माग गरेको छ । जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता विवाद र गठबन्धनमा सामेल रहेको नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षको निर्णय आउन ढिलो भएपछि सरकारको पूर्णतामा ढिला भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।