प्रचण्डको ब्रिफिङ- ‘माधवजीहरु सरकारमा आउने सम्भावना छैन’

प्रचण्डको ब्रिफिङ- ‘माधवजीहरु सरकारमा आउने सम्भावना छैन’

१७ साउन, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा सहभागी नहुने बताएका छन्। आईतबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले नेपालपक्ष सरकारमा सहभागी नहुने बताएका हुन् ।

प्रचण्डको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य गणेश साहले भने ‘माधवजीहरु सरकारमा आउनुहुन्न। उहाँको पक्षका सांसदहरु सरकारमा सहभागी हुन आतुर छन् तर देउवाजीले माधवजीले नभनेसम्म व्यक्तिगत रुपमा आउनेलाई सरकारमा सहभागी नगराउने भन्नुभएको छ। त्यसैले माधवजीको समूह सरकारमा आउने सम्भावना छैन ।’

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई यही साउन २० गतेभित्र पूर्णता दिएरै छाड्नुपर्ने प्रचण्डले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.