१७ साउन, काठमाडौं ।
जसपाको कारवाहीका आधारमा सांसद् पदबाट मुक्त भएका लुम्बिनी प्रदेशका ३ जना मन्त्री आज दोस्रोपटक सर्वोच्च अदालत पुगेका छन् ।
उनीहरुले सर्वोच्च अदालतमा यसअघिको अन्तरिम आदेश प्राप्त रिटको विचाराधीन अवस्थामा फेरी पार्टीले कारवाही गरेको भन्दै कारवाही बदर गर्न माग गरेका छन् ।
पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई सांसद पदबाट मुक्त गर्न पत्राचार गरेको थियो । लुम्बिनी प्रदेशसभाले उनीहरूलाई शनिबारै पदमुक्त गरेको हो ।