धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात

धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात

१७ साउन, काठमाडौं ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरू गरेको छ । बुक बिल्डिङबाट निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको सेयरमा चलखेल गरी लाभ लिएको आरोप लागेका ढुंगानाविरुद्ध उजुरी परेपछि अख्तियारले सो सम्बन्धी कागजात झिकाएको छ ।

अध्यक्ष भीष्मराज ढुंगनाले बुक बिल्डिङको अनुमति दिएसँगै पाएको ‘गोल्डेन सेयर’ छोरीको नाममा लिएको केही दिनअघि खुलेको थियो । अध्यक्षकी छोरी रेविका ढुंगानाको नाममा १२ हजार कित्ता सेयर किनेको सार्वजनिक भएको थियो ।

बोर्डका अध्यक्ष ढुंगानासँग बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजात मागिएको अख्तियार स्रोतले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.