हामी सरकारबाट हटेसँगै दमन शुरु भइसक्यो : अध्यक्ष ओली

हामी सरकारबाट हटेसँगै दमन शुरु भइसक्यो : अध्यक्ष ओली

१७ साउन, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताएका छन् । आइतबार तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो’ उनले भने । उनले २०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको बताए । अध्यक्ष ओलीले अघि भने, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’

बैठकलाई सम्बोधन गर्दै उनले यो देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए ।एमाले अध्यक्ष ओलीले यस्ता कदम सच्याउन सरकारलाई खबरदारी समेत गरेका छन् । उनले  भने, ‘प्रतिवाद पनि गर्छौं र आवश्यक र्पयो भने प्रतिरोध पनि गर्छौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.