उडड्यनको क्षेत्रको समस्या खोजी समाधान गर्न संसदीय समिति गठन

उडड्यनको क्षेत्रको समस्या खोजी समाधान गर्न संसदीय समिति गठन

१७ साउन, काठमाडौँ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उडड्यनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आइतबार बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो ।

नागरिक उडड्यन सम्बन्धी समस्या र समाधान उपसमिति नाम दिइएको उक्त उपसमितिलाई नागरिक उडड्यन क्षेत्रमा देखिएको समस्या र ति समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्नकालागि ६ महिनाको समय दिइएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

उपसमितिमा सांसदहरुको रुची र चाहाना अनुसार पछि थप गरिने सभापति खरेलले जानकारी दिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.