१८ साउन, विराटनगर ।
बिराटनगर महानगरपालिका–२ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडी रहेका छन् ।
आइतबार बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।