१८ साउन, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएकाे छ ।
पार्टी कार्यालय पेरिस डाँडामा आज दिउसो तीन बजे बस्ने भनिएको बैठक नेताहरूको कार्य व्यस्तताको कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादी केन्द्रको आजको स्थायी कमिटी बैठकमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो ।