प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

१९ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएकाे छ। पाँचदलीय गठबन्धनभित्र मन्त्रीको बाँडफाँट नमिल्दा मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ भएको हो।

एमालेको माधवपक्षलाई सरकारमा समेट्ने तयारी गरेपनि नेपाल समूहले ठोस निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.