मुख्यमन्त्री पोखरेलले भने : सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोख्यो

मुख्यमन्त्री पोखरेलले भने : सरकारले एमालेको रिस भूमिहीन, दलित र सुकुम्बासी माथि पोख्यो

२० साउन, काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर लाचारीपन देखाएको आरोप लगाएका छन् ।

पाखेरेलले आज सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन भएको बताएका हुन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बनाइएको भूमिसम्बन्धी आयोगलाई सरकारले मंगलबार खारेज गरेको थियो । पोखरेलले गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गर्न सबैलाई आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.