दार्चुला घटनामा भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

दार्चुला घटनामा भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

२० साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सांसद् नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका सन्दर्भमा भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने भन्दै दोषीमाथि कारबाहीको माग पनि गरे।

एनले भने, ‘यसप्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछु। यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु। दोषी व्यक्तिमाथि तत्काल कारबाही गर्न माग गर्दछु। र अबका दिनमा यस प्रकारका हेपाह, उत्पीडनकारी व्यवहार अन्त्य गर्न र नदोहोर्या उन म जोडदार माग गर्दछु ।’

उनले भारत सरकारले अब आइन्दा यस प्रकारका गल्ती दोहोर्या।इने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्न पनि उनले अनुरोध गरे। छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उनले बताए ।

‘सामान्यतया नीतिगत रुपमा त्यो ठीकै छ। तर यो ढिलो भयो। नेपाल सरकारको म गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। छानबिन समितिको रिपोर्ट छिटो ल्याएर छिटोभन्दा छिटो आफ्नो तर्फबाट भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने र दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्ने माग गर्न चाहन्छु ।’ उनले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.