२० साउन, काठमाडौं ।
लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । यसअघि आफुले एमाले रोज्ने निर्णय गरेको विज्ञप्ति सार्वजनिक गरेकी उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उपस्थित भएकी हुन् ।
स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्कबाहिर रहेको बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् ।
माओवादी संसदीय दलको कार्यालय स्रोतले भन्यो,‘उनी हामीसामु रुनु पनि भयो । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन भनेर भनिन् ।’
उनले नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरिएको पनि बताएकी छन् । उनले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन् ।