२१ साउन, काठमाडौं ।
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफू माओवादी केन्दमै रहेको बताएकी छन् ।
उनले बिहीबार माओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफुलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर एमालेमा रहेको भन्ने विज्ञप्ति बनाइ पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराईको आरोप लगाएकी हुन् ।
गत १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्रीकार्यालयमा पुर्याइएको र त्यहाँबाट हिजो आफू ट्वाइलेटको चप्पल लगाएर भागेको उनले बताइन् ।