विद्युत प्राधिकरणद्वारा सहमतिमा आउन उद्योगीलाई आग्रह

विद्युत प्राधिकरणद्वारा सहमतिमा आउन उद्योगीलाई आग्रह

२१ साउन, काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रक लाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उद्योगी तथा व्यवसायीलाई पटक पटक महसुल तिर्न आग्रह गरिएको र छलफलसमेत भएको भन्दै विवाद लामो समयसम्म राख्ने पक्षमा आफूहरू नरहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि प्राधिकरणले उद्योगी तथा व्यवसायीलाई पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको हाे ।

कूल १० अर्ब १४ करोड आठ लाख ३० हजार रुपैयाँ बराबरको महसुलको ब्याज र जरिवानासमेत बढ्दै जाँदा हाल १५ अर्ब रुपैयाँ बढी पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.