सरकारको न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

सरकारको न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

२२ साउन, काठमाडौं ।

सरकारको न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार सत्तारुढ दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ ।

यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने, राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने लगायत पनि न्यूनतम साझा कार्यक्रममा समेटिएकाे कार्यदलका एक सदस्यले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.