घरको पर्खालले किचेर झापामा एक जनाको मृत्यु

घरको पर्खालले किचेर झापामा एक जनाको मृत्यु

२२ साउन, झापा ।
झापाको झापा गाउँपालिका–२ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे सोही स्थानका बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलेर उनलाई किच्दा गम्भिर घाइते भएका थिए ।

सिंहको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.