गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा शोक बिदा

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा शोक बिदा

२२ साउन, काठमाडौं ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा शोक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज(शुक्रबार) सार्वजनिक विदा दिएको हो ।

गौतमको बिहीबार राति ११ः४० बजे ९६ वर्षको उमेरमा निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार बिहान सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।

गाउँपालिका अध्यक्ष यादव खापुङले गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सार्वजनिक विदा दिएको बताए । उनले भने, ‘उपाध्यक्षकै ससुराको निधन भएको छ । गाउँपालिका नजिकै उहाँको घर छ । जनप्रतिनिधिहरु पनि मलामी जानु नै प¥यो । त्यसैले स्थानीय तह सञ्चालन ऐनको विशेष अधिकार प्रयोग गरेर एक दिन शोक बिदा दिएका हौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.