अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्धा टुंग्याउँ : डा. विमला पौड्याल

अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्धा टुंग्याउँ : डा. विमला पौड्याल

२२ साउन, काठमाडाैँ ।

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई छिटाे टुंगो लगाउनुपर्ने बताएकी हुन्।

उनले फबृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्धन्दपीडितले न्याय नपाएको र पीडकको पहिचान सम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिवद्धता पुरा गर्न नसकेको बताइन् ।

उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पुरा नहुने भएकाले आगामी चुनाव सम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरिन् । उनले भनिन् – ‘जबसम्म संक्रमणकालीन न्यायको मुद्धा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिदैनँ । र हामीले विश्व सामु गौरव गर्ने ठाउँ पनि छैन । त्यसले गर्दा यदि कानूनमा कमी छ भने कानून संशोधन गर्न लिएर आउनुस् । हामी कानून संशोधन गरौँ । कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ । अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्धा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु ।’

उनले बृहत शान्ति सम्झौतापछि द्धन्दरत पक्ष नै पटक पटक सरकार सञ्चालनमा पुगेको भएपनि यस विषयलाई टुंगोमा पु¥याउन नसकेको बताइन्। राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.