२२ साउन, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरूद्धको खोप उपलब्ध गराएकोमा भुटानलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री देउवाले आज ट्वीटमार्फत् भुटानका समकक्षी र राजालाई धन्यवाद दिएका हुन्।
भुटानले आज बिहान ड्रुक एयरको जहाजमार्फत दुई लाख ३० हजार डोज खोप काठमाडौं ल्याइदिएको छ। यो भुटानले खोप भुटाले पैंचो दिएको हो। उक्त परिमाणमा खोप नेपालले पनि भुटानलाई पछि फिर्ता गर्ने देउवाको भनाइ छ।
उक्त खोप कोभिसिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकहरूलाई दिइनेछ।