२२ साउन, काठमाडौं ।
नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिने निर्णय गरेकाे छ ।
केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १०बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै पार्टी एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको हाे ।
केन्द्रीय समिति वैठकले ४ बुँदे निर्णय गर्दै सम्पन्न भएकाे नेता रघुजी पन्तले बताए । उनले आफ्नो समूह सरकारमा नजाने बताए ।