२२ साउन, काठमाडौँ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
नेपालमा हालसम्म ७ लाख १० हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।