सर्वोच्चले माग्याे सरिता गिरीलाई सांसदबाट हटाउनुकाे कारण

सर्वोच्चले माग्याे सरिता गिरीलाई सांसदबाट हटाउनुकाे कारण

२२ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले सरिता गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट मुक्त गरेकोबारे कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज ७ दिन बाटोको म्यादबाहेक १५ दिनभित्रमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो ।

नेपालले जारी गरेको नयाँ नक्साबारे दिएको विवादित अभिव्यक्तिपछि गिरीलाई समाजवादी पार्टीले सांसदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन भएको १ वर्ष बितिसकेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाबाहेक न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.