नारायणकाजीले भने – मन्त्रालय नै टुंगिएको छैन किन मन्त्री छान्नु ?

नारायणकाजीले भने – मन्त्रालय नै टुंगिएको छैन किन मन्त्री छान्नु ?

२२ साउन, काठमाडाैँ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ ।

नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो । तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गरे । प्रवक्ता श्रेष्ठले भने,‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टी भित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैैन । १÷२ दिनभित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’

बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ । त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहिन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी सो समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो । संविधान र कानुनको परिधिमा रहीती समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

माओवादी केन्द्रले लुम्बनी प्रदेश सभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्सर्ना समेत गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.