बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि आगलागी, अझै नियन्त्रणमा आएन

बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि आगलागी, अझै नियन्त्रणमा आएन

२३ साउन, काठमाडौं ।

काठमाडाैँको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा आगालागी भएको छ । राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र बालाजुमा छन् ।

आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.