सेउती खोलाबाट ल्याइएको गिट्टीमा बम भेटियो, नेपाली सेनाद्धारा डिस्पोज

सेउती खोलाबाट ल्याइएको गिट्टीमा बम भेटियो, नेपाली सेनाद्धारा डिस्पोज

२३ साउन, विराटनगर ।
इटहरी उपमहानगरपालिका २ स्थित अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा ग्रिनेड बम फेला परेको छ ।
शनिबार बिहान करिब ८ बजे सडक निर्माणका गिट्टी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फेला पारेका थिए ।

स्थानीय बम जस्तै शंकास्पद वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेपश्चात आएको बम डिस्पोजलको टोलीले चेकजाँच गर्दा उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको थियो ।

बम सेनाले निष्क्रिय पारेको सुनसरी प्रहरीका एसपी सञ्जय सिहं थापाले बताए । ईटहरी २ अन्नपूर्ण मार्गमा ल्याईएको उक्त गिट्टी सेउति खोलादेखि ल्याएको बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.