ईपीएल असोज ९ देखि काठमाडौंमा हुने, ट्रफी सार्वजनिक

ईपीएल असोज ९ देखि काठमाडौंमा हुने, ट्रफी सार्वजनिक

२५ साउन, काठमाडौं ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ईपीएलको ट्रफी समेत सार्वजनिक गरिएको छ । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो संस्करण यो वर्ष हुन लागेको हो ।

प्रतियोगितामा देशभरका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् । सन् २०१८ मा भएको अन्तिम संस्करणको फाइनलमा ललितपुर प्याट्रिओट्सले भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

त्यसपछि २०२० मा तय भएको अर्को संस्करण कोरोना भाइरसका कारण स्थगित भएको थियो । त्यो समयमा वेस्ट–इन्डिजका सुपर स्टार ब्याट्सम्यान क्रिस गेल आउने तय भएको थियो । यो वर्ष भने गेल आउने सम्भावना कम छ ।

तर, पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदी लगायतका ठूला खेलाडीको उपस्थिति रहने निश्चित भइसकेको आयोजकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.